दफा
बजेट निकासा
(१) पेश्की खर्च ऐन वा विनियोजन ऐन जारी भएपछि स्वीकृत बजेट विवरण अनुसार अर्थ मन्त्रालयले दिएको अख्तियारीको आधारमा महालेखा नियन्त्रक कार्यालयको आदेश बमोजिम संचित कोषबाट सम्बन्धित कार्यालयको नाममा बैंक मार्फत रकम निकासा दिइनेछ ।
(२) अर्थ मन्त्रालयबाट कार्यालयगत बजेट विवरण र खर्च गर्ने अख्तियारी प्राप्त हुनासाथ सम्बन्धित मन्त्रालयले विभागीय प्रमुखलाई र विभागीय प्रमुखले मातहतका कार्यालय प्रमुखलाई खर्च गर्ने अख्तियारी दिनु पर्नेछ ।
तर विभाग नभएका कार्यालयहरूको हकमा मन्त्रालयले कार्यालय प्रमुखलाई अख्तियारी दिन सक्नेछ ।
(३) उपदफा (१) बमोजिम कार्यालयको नाममा रकम निकासा भएपछि महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिमका अधिकारीहरूको संयुक्त दस्तखतबाट कार्यालयको नाममा बैंक खाता संचालन गर्नु पर्नेछ ।
(४) स्वीकृत विनियोजन रकम कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा प्राप्त गरी अख्तियारी र स्वीकृत बजेटभित्र रहेर प्रचलित कानुन बमोजिम खर्च गर्ने, लेखा राखी वा राख्न लगाई लेखा पेश गर्ने, लेखापरीक्षण गराउने, बेरुजु फछ्र्यौट गर्ने सम्पूर्ण उत्तरदायित्व सम्बन्धित कार्यालय प्रमुखको हुनेछ ।
(५) पेश्की खर्च ऐन तथा विनियोजन ऐन बमोजिम सरकारी रकम निकासा दिने तथा कोष संचालन गर्ने गराउने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।